रवि लामिछानेको आलोचना गरेको प्रतिफल

महामन्त्री ढकाललाई साधारण सदस्यताबाट समेत निस्काशन गर्दै रास्वपा

समाधान संवाददाता २०८१ असार २५ गते १२:१६

पोखरा ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निस्काशन गर्नका लागि केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

अनुशासन समितिले महामन्त्री ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गर्न सिफारिस गरेपछि अहिले केन्द्रीय समितिको बैठक बसेको हो ।

उनले पछिल्लो समय रास्वपा जनतामा अलोकप्रिय बन्दै गएको र यसको मुख्य कारण पार्टीि अध्यक्ष रवि लामिछानेका गतिविधि र बाेली भएको आशयको प्रतिवेदन पार्टीमा बुझाएका थिए । देशब्यापी डुलेर तयार पारिएको प्रतिवेदन पार्टीमा नबुझाउदै मिडियामा चुहाएको भनेर उनी आलोचित थिए ।

साेही प्रतिवेदनका बारेमा छलफल गर्न आयोजित बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका ढकालले प्रत्यक्ष प्रसारण नभएपछि बैठक मै मुखमा टेप टाँसेर सहभागी भएका थिए । बैठक लगत्तै उनले पार्टी अध्यक्ष लामिछानेका कारण समाप्तिको बाटोमा हिडेको भन्दै कठोर आलोचना गरेका थिए ।

Advertisement

त्यही बैठकले उनलाई एक हप्ताका लागि निलम्बन गरेको थियो । आज अनुशासन समितिले उनलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारवाही गर्न सिफारिस गरेपछि साेही बमोजिम निर्णय गर्न पार्टी केन्द्रीय कार्यालय घण्टी घरमा बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया