एमालेको सचिवालय बैठक स्थगित, भोलि बस्ने

समाधान संवाददाता २०८१ असार २५ गते १४:१८

पोखरा ।

Advertisement

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि २६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको एमालेका एक नेता जानकारी दिए ।

२८ असारपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्दै गरेको परिवेशमा हुन लागेको एमाले सचिवालय बैठकलाई महत्वका दृष्टिले हेरिएको थियो ।

सचिवालय बैठकले नेताहरुको जिम्मेबारी हेरफेर गर्ने चर्चा समेत थियो । सरकारमा को को जाने भन्ने विषयमा पनि सचिवालयमा चर्चा हुन सक्ने नेताहरुले बताएका छन् ।

वैठकको आवश्यक तयारी पुरा नभएकाले भोलि बस्ने गरी सरेको श्रोतले जानकारी दियो ।

Advertisement

तपाईको प्रतिक्रिया