प्रधानमन्त्रीले विश्वासको मत माग्दै, कांग्रेस एमालेले भने- हामी दिदैनौं

समाधान संवाददाता २०८१ असार २८ गते १५:२६

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । उनले मागेको विश्वासको मतको प्रस्ताव माथि छलफल जारी छ ।

प्रधानमन्त्रीले विश्वासको मत मागेपछि दलहरुले सदनलाई संवोधान गर्दै छन् ठुला दलबाट सम्बोधन क्रमश साना दल तर्फ जाँदैछ ।

पहिले कांग्रेसका रमेश लेखक र एमाले योगेश भट्टराईले पार्टीका तर्फबाट सम्बोधन गरेका छन् । उनीहरुले प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । दुई ठुला दल कै १ सय ६७ सांसद भएकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया