ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३ र विपक्षमा १९४ मत

समाधान संवाददाता २०८१ असार २८ गते १७:१५

पोखरा ।

Advertisement

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । प्रधानमन्त्री दाहालले सदनमा मागेको विश्वासको मत फेल भएपछि उनी नेतृत्वको सरकार ढलेको हो ।

शुक्रबार सदनमा मत विभाजन हुँदा दाहालको पक्षमा ६३ मत परेको छ भने उनको विपक्षमा १९४ मत परेको छ । यही सदनमा २६८ सांसदको विश्वासको मत पाएर पहिलो पटक प्रधानमन्त्री बनेका प्रचण्ड पाँचौ पटक विश्वासको मत लिन आइपुग्दा ६३ मा खुुम्चिएका छन् । उनको पक्षमा माओवादी केन्द्रका अलावा रास्वपा र नेकपा एसका सांसदले मात्र मतदान गरे ।

सदनमा २७५ सांसद रहेका मध्ये मतदानमा २५८ जना सहभागी थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने कतै पनि मतदान गरेनन् ।

प्रचण्ड सरकार ढलेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ । एमाले र कांग्रेसले एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया