ओली सरकारमा को को बन्लान् मन्त्री ?

कास्कीका २ सांसद मन्त्री बन्ने चर्चा

समाधान संवाददाता २०८१ असार २९ गते १७:५७

पोखरा ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा को को मन्त्री बन्दैछन् भन्ने चर्चाले राजनैतिक वातावरण गर्माएको छ । एमाले अध्यक्ष ओली भोलि आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

दुवै पार्टीको बैेठकले मन्त्री चयन गर्ने मापदण्ड बनाए पनि अहिलेसम्म मन्त्री छनौट भने गरिसकेका छैनन् । कांग्रेस र एमाले दुवै पार्टीका बैठकले मन्त्री छनौट गर्ने अधिकार शिर्ष नेतृत्वलाई दिएका छन् । आज सम्पन्न कांग्रेसको बैठकले पार्टी सभापति देउवालाई मन्त्री छनौटको अधिकार दिएको छ भने २६ गते बसेको एमाले सचिवालयको बैठकले एमाले अध्यक्ष ओलीलाई अधिकार दिएको छ ।

यसैबिच ओली नेतृत्वको सरकारमा कास्कीले २ जना मन्त्री पाउने सम्भावना रहेको चर्चा छ । कांग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियारले यस पटकको मन्त्री मण्डलमा अवसर पाउन सक्ने कांग्रेस स्रोतले बताएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमा सहभागी हुन चासो नदेखाएपछि सहमहामन्त्री परियारको सम्भावना बढेको हो । युवा तथा दलित चेहरा परियारलाई मन्त्री बनाउन देउवा सकारात्मक भएकाे स्रोतको दावी छ । समानुपातिक सांसद परियार कास्की निर्वाचन १ थुम्कीका हुन् । सांसद परियारले पनि आफुले पार्टी नेतृत्वसँग मन्त्रीको आकांक्षा व्यक्त गरेको बताएका छन् ।

Advertisement

कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद विद्या भट्टराईको नाम पनि सम्भावित मन्त्रीहरुकाे सुचीमा अग्रपङ्तीमा छ । एमाले नेतृ भट्टराईको छवी बौद्धिक नेतृका रुपमा स्थापित छ ।

लगातार २ पटक प्रत्यक्ष निर्बाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्ख राख्छिन् । एमालेको भागमा शिक्षा मन्त्रालय परेमा त्यसमा उनैलाई पठाउने सम्भावना रहेको एमाले उच्च स्रोतले बतायो । यस पटक उहाँलाई मन्त्री नबनाउदा अन्याय हुन्छ भन्ने पार्टी नेतृत्वलाई परेको छ– एक नेताले भने । प्रतिनिधि सभामा उपसभामुखको निर्बाचन हुँदा एमालेले भट्टराईलाई उमेद्वार बनाएको थियो ।

अहिले दुवै दलका सांसदहरु आआफ्नो पक्षमा लबिङ गर्न सकृय छन् । कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने पक्का जस्तै छ भने एमालेबाट बिष्णु पौडेल अर्थमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया