एसइई उत्तीर्णलाई अनेरास्ववियुको परामर्श

समाधान संवाददाता २०८१ असार ३० गते ११:२८

पोखरा ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीले एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा करिअर काउन्सिलिङ गरेको छ ।

Advertisement


हालै प्रकाशित २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३।६ भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई शनिबार सम्मान गरिएको हो । कास्कीमा २१ जनाले ४ दलमलव ० जिपिए र १ हजार ६५७ जनाले ३ दशमलव ६ भन्दा बढी जिपिए ल्याएका छन् ।

अनेरास्ववियु कास्कीले करिब १ हजार जनालाई सम्मान गरेको अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । ४ जिपिए ल्याउनेलाई सम्मानपत्र र दोसल्ला, ३ दशमलव ६ देखि ४ जिपिएसम्म ल्याउनेलाई सम्मानपत्रबाट सम्मान गरिएको उनले बताए ।


कार्यक्रममा सहभागी विद्यार्थीलाई गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक अमृतराज बाँस्तोलाले करिअर काउन्सिलिङ गरेका छन् । विद्यार्थीलाई अब कुन विषय पढ्दा ठिक हुन्छ, देशमा भएका अवसर र चुनौती, आफ्नो क्षमता पहिचानलगायत विषयमा जोड दिएर काउन्सिलिङ दिएको अनेरास्ववियु कास्कीका उपाध्यक्ष कुशल बरालले जानकारी दिए ।


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी कार्यक्रमको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री, नेकपा एमाले जिल्ला उपाध्यक्ष भेषराज बराल, अनेरास्ववियु केन्द्रीय सचिव आशीर्वाद सुवेदी, अनेरास्ववियु लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना विशेष अतिथि थिए ।कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, महानगर कमिटी उपाध्यक्ष नगेन्द्र ढुंगाना, एमाले महानगर सचिव सुशील बस्नेत साथै अनेरास्ववियु कास्कीका पूर्वअध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु स्थायी कमिटी सदस्य विजय पौडेल, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सचिव अन्जली लम्साल, अनेरास्ववियु केन्द्रिय सदस्य अनुप लामिछाने, विनय पराजुली, विष्णु पोखरेल, रोशन भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रम संचालन कमिटीका सचिव रवि क्षेत्रीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया