पोखरा बहुमुखी क्याम्पसमा बिदाई तथा शुभकामना कार्यक्रम

विवेक गाैतम २०८१ असार ३० गते १७:१३

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसका विद्यार्थी हरुले यस क्याम्पसबाट स्नातक चौथो वर्ष पुरा गरेका विद्यार्थीहरुलाइ एक समारोहका बिच बिदाइ तथा शुभकामना व्यक्त गरेका छन् । क्याम्पस विद्यार्थी कल्याणकारी समितिको आयोजना तथा क्याम्पस प्रशासनको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

Advertisement


कार्यक्रमकै बीच सामाजिक कार्यको उच्च सर्हाना गर्दै हालै जर्मनीको हेसेल अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनलाई सम्मान बधाई ज्ञापन गरिएको थियो ।


त्यस्तै उक्त कार्यक्रममा त्रिभुवन बिश्वविद्यालयको हालै प्रकाशित नतिजा अनुरुप बिबिएस र बिए तर्फ कास्की जिल्लामै उत्कृष्ट यस क्याम्पसका विद्यार्थीहरु क्रमशः कृष्ण भुजेल, सनिता गुरुङ र विवेक गौतम लाई पनि बधाई ज्ञापन गरिएको थियो ।


कार्यक्रममा, क्याम्पसबाट बिदाइ भएर जान लागेका अन्तिम वर्षका विद्यार्थीहरुलाई शुभकामना दिदै क्याम्पस संचालक समिती, प्रशासन, क्याम्पस सम्बन्धि विभिन्न सस्थागत समिति तथा प्राध्यापक हरुले विद्यार्थी को उज्ज्वल भविस्यको कामना र सदमार्ग मा लागिरहन आग्रह गरेका थिए । उनिहरुले विद्यार्थीलाई बिदाइ गर्न लागेको नभै हरुसग आगामी दिन मा अझ परिस्कृत र जिम्मेवार बनाइ प्रत्यक्ष अप्रत्यक्ष रुपमा क्याम्पससग जोडिइरहने उर्जा मिल्ने आशा व्यक्त गरेका थिए ।


कार्यक्रममा विभिन्न सकाय तथा तहमा अध्यनरत विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । पोखरा बहुमुखी क्याम्पस विद्यार्थी कल्याणकारी समितिकि अध्यक्ष सलिना थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisement

कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान लालचन, उपाध्यक्ष बद्री श्रेष्ठ, सल्लाहकार शंकर देवकोटा क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर व्यवस्थापन समिति प्रमुख महेन्द्र रिमाल, क्याम्पस प्राध्यापक संघ का अध्यक्ष भिम प्रसाद न्यौपाने, क्याम्पस पूर्व विद्यार्थी मंच का अध्यक्ष सुर्यबहादुर थापा, नेचर क्लबका अध्यक्ष गणेश रामदाम, विद्यार्थीहरु अस्मिता श्रेष्ठ, सरोज खनाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया