कांग्रेसका ६ मन्त्रीको नाम फाइनल, गृहमा लेखक र आरजुलाई विदेश मन्त्रालय

उपप्रधानमन्त्री प्रकाशमानलाई सहरी विकास र अजयलाई कानुन मन्त्रालय

समाधान संवाददाता २०८१ असार ३१ गते १०:११

पोखरा ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वमा पठाउने ४ जना मन्त्रीको नाम फाइनल गरेका छन् ।

स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् । यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।

दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् ।

Advertisement

शेखर समुहले मन्त्रीहरुको नामा दिन नसकेकाले सबै मन्त्रीको नाम फाइनल भने हुन सकेको कांग्रेस उच्च श्रोतले समाधानलाई बतायो ।

तपाईको प्रतिक्रिया