गरिब र जेहेन्दार विद्यार्थीलाई थापा फाउन्डेसनको छात्रवृत्ति

समाधान संवाददाता २०८१ असार ३१ गते ११:४१

पोखरा ।
नेपालको शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले ‘थापा फाउन्डेसन’ले गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेसनरी र नगद प्रदान गरेको छ । फाउन्डेसनका अध्यक्ष निश्चल थापाले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत रुपमा कास्कीका १० बालबालिकालाई स्टेसनरी र नगद प्रदान गरेका हुन् ।

Advertisement


कास्कीका विभिन्न पालिकाका १० विद्यार्थीलाई जनही ४ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका थापाले जानकारी दिए ।


लीला आधारभूत विद्यालयकी कक्षा १ की आकांक्षा सुनार, कक्षा ३ की गणेश सुनार, कक्षा ६ की सायल बस्नेत र कक्षा ७ की खेमकुमार राईलाई नगद तथा स्टेसनरी सामग्री प्रदान गरिएको छ । भद्रकाली माध्यमिक विद्यालयकी कक्षा ६ मा पढ्ने मौसम परियार र कक्षा ९ की एलिसा परियारलाई छात्रावृत्रि प्रदान गरिएको हो ।


पोखरा २८ रत्नशोभा माध्यमिक विद्यालयकी कक्षा १० की आकृति तिवारी, कक्षा ६ का सुशान्त तिमिल्सिना, कक्षा ५ का सोम तामाङ, कक्षा १ का कृष्ण बुढाथोकीलाई छात्रावृत्ति स्वरुप नगद प्रदान गरिएको थापाले सुनाए । उनले विशुद्ध सामाजिक सेवा भावले फाउन्डेसन स्थापना भएकाले नेपालमा गरिबीका चपेटा परेका बालबालिकालाई सहयोग गरेको बताए ।


‘दर्शन लामा दाइले पछिल्लो समय चलाएको अभियानसँग प्रभावित भएर मैले आफ्नो जन्मदिनमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका हुँ,’ थापाले भने ।

Advertisement


लामाले पछिल्लो दिन कास्कीमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउन आफैं सहयोगदेखि छात्रावृत्ति प्रदान गर्ने अभियान नै चलाएका छन् । कार्यक्रममा लामाले विद्यालयमा पढ्न नसक्ने विद्यार्थी भए आफूले सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरे ।


उनले पोखरा महानगरपालिका र कास्कीका ४ वटा पालिकाका ग्रामीण क्षेत्रका सीमान्तकृत तथा जोखिममा परेका गरिब, जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम तथा शैक्षिक सामग्री प्रदान गर्ने अभियान रहेको सुनाए ।

‘नेपालमा नर्सरीमा पढ्ने विद्यार्थीको संख्या ११ लाख हुँदा एसइई दिँदा विद्यार्थीको संख्या ६ लाख हुनुको कारण गरिबी नै हो । त्यस कारण आफ्नो र सार्थीभाइको बुताबाट अभियानमा लागेको हुँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया