स्थिरताका लागि कांग्रेस एमाले मिलेका हौं– देउवा

समाधान संवाददाता २०८१ साउन ६ गते १४:४७

पोखरा ।

Advertisement

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुरले देशमा स्थिरताका लागि दुइ ठुला दल नेपाली कांग्रेस र एमाले मिलेको बताएका छन् ।

सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत उपर बोल्दै सभापति देउवाले संविधान संशोधान पनि स्थिरता कै लागि गरिने बताए ।

उनले अस्थिर सरकारका कारण देशमा विकासले गति लिन नसकेको भन्दै दुई ठुला दल मिल्नुमा अरु केही स्वार्थ नभएको बताए ।

देउवाले पनि एमाले र कांग्रेसबीच ७ बुँदे सहमति भएर नयाँ सरकार बनेको बताएका थिए ।

Advertisement

यसअघि प्रधानमन्त्री ओलीले दुई दलबीच भएको ७ बुँदे सहमति बाँचन गरेका थिए । त्यसमा देशमा स्थिर सरकार बनाउने. देशको अर्थतन्त्र सुधार गर्ने, विकासका गतिलाई तिव्रता दिने कुरा उल्लेख छन् ।

त्यस्तै एमाले अध्यक्ष ओली सुरुका २ वर्ष र त्यसपछि २०८४ को मंसिरसम्म नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने गरी ७ बुँदे समझदारी २ दलबिच भएको छ ।

तपाईको प्रतिक्रिया