धर्मस्थली विद्यालयलाई पूर्वविद्यार्थीको पाँच लाख सहयोग

समाधान संवाददाता २०८१ साउन १६ गते १७:०८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको छ ।
विद्यालयको विकासका लागि विद्यालयका पूर्वविद्यार्थी डा राजेन्द्रप्रसाद कोइराला र डा सुमिरा कोइरालाले सहयोग गरेका हुन् ।

Advertisement


सुमिराका पिता एवं साहित्यकार तीर्थराज अधिकारी र माता सीतादेवी अधिकारीले विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्मा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद पराजुलीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा साहित्यकार अधिकारीले एक सय ५० थान पुस्तकसमेत विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडासदस्य गोविन्दप्रसाद पराजुलीको उपस्थिति थियो ।


राजेन्द्र र सुमिरा विद्यालयका पूर्वअध्यक्ष वेदनीधि कोइरालाका छोरा बुहारी हुन् । उनीहरु हाल अमेरिकामा बस्छन् ।
वि.सं. २०२१ सालमा स्थापित विद्यालयमा चार सय बढी विद्यार्थी छन् । विद्यालयमा करिब ७७ वटै जिल्लाका विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया