पोखराका राजीव पहारी युवा संघको इन्चार्ज

समाधान संवाददाता २०८१ साउन १८ गते १३:२३

पोखरा ।

Advertisement

नेकपा एमालेले पोखराका राजीव पहारीलाई राष्ट्रिय युवा संघ नेपालको इन्चार्जको इन्चार्ज बनाएको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले युवा नेता पहारीलाई एमालेको भातृ संगठन युवा संघलाई कमाण्ड गर्ने गरी जिम्मेवारी तोकेको हो ।

राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पहारी गण्डकी प्रदेश सभाका पूर्व सदस्य थिए । युवा संघको अध्यक्ष हुँदा मधेशमा पार्टीको अभियान चलाएपछि पहारी अध्यक्ष केपी शर्मा ओलीको प्रिय बनेका थिए ।

पहारीले युवा संघको इन्चार्जका अतिरिक्त कास्की निर्बाचन क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । कास्कीका नेताहरुमा दोहोरो जिम्मेवारी पाउने उनी मात्रै हुन् ।

यस अघि युवा संघको इन्चार्ज महेश बस्नेत थिए । बस्नेतले भक्तपुर जिल्लाकी इन्चार्जको जिम्मेवारी पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया