वार्षिकोत्सव मनाउँदै ‘एक्सपर्ट एजुकेसन’

पोखरा ।
विदेशमा उच्च शिक्षाका लागि परामर्श दिने संस्था एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरिरहेको छ । एक्सपर्टले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ ।
पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले ७ दिनसम्म ७ थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए । प्यारेन्टस् वर्कसप, एस्से कम्पिटिसन शैक्षिक सामग्री वितरण र फुटसल प्रतियोगिता गरिएका छन् ।
बुधबार वृक्षारोपण तथा सरसफाइ, वार्षिकोत्सवको मुख्य दिन रक्तदान र अन्तिम दिन इन्लाइटेन् एडु द अल्टिमेट एजुकेसन एक्स्पो गर्न लागिए म्यानेजर गौतमले जनाए । उच्च शिक्षाका लागि विदेश पढाउन चाहने अभिभावकका लागि कार्यशाला गरिएको हो । यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रुम्जा स्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको एक्सपर्टका म्यानेजर तथा एचआर हेड सली देवानले बताए ।
पुम्दीभुम्दीमा गत वर्ष सारिएका बोटविरुवा गोडमेलसहित पार्क सरसफाई कार्यक्रम पनि हुनेछ । बिहीबार सिग्नेचर कार्यक्रमका रुपमा नेपाल स्थित २३ वटा ब्राञ्चले एकसाथ बिहान साढे सात बजेदेखि रक्तदान गर्दै छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाइ, वृक्षारोपण राखिएको म्यानेजर देवानले जानकारी दिए ।
अन्तिम दिनको एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने म्यानेजर देवानले जानकारी दिए । अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, युएसए लगायतका देशका लागि शैक्षिक परामर्श दिइने उनले बताए ।
एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार एक्स्पर्टले जनवरीदेखि अहिलेसम्म ७ महिनाको अवधिमा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ । एक्सपर्ट पोखरामा ३५ कर्मचारी छन् ।
अस्ट्रेलियाको सिड्नीमा सन् २००३ मा एक्सपर्ट स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखा छन् । एक्सपर्टले शैक्षिक परामर्शसँगै आइइएलटिएस, पिटिई, स्याट लगायतका कक्षासमेत चलाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया