कास्की मोडनाइज्डमा अंग्रेजी भाषा सीप विकास प्रतियोगिता

समाधान संवाददाता २०८१ साउन २५ गते १३:५९

पोखरा ।
कास्की मोडनाइज्ड एकेडमीमा शैक्षिक कार्यतालिका अनुसार अन्तर सदनात्मक अंग्रेजी भाषा सीप विकास प्रतियोगिता भएको छ । प्रतियोगितामा मावि तहबाट हरियो सदनका दिप्सन जिसी, साहारा क्षेत्री र अभिषेक पौडेल प्रथम बने ।

Advertisement


सेतो सदनबाट रचना क्षेत्री, दिप्सन गुरुङ र जिना श्रेष्ठ द्वितीय र नीलो सदनबाट ओजस्वी गौतम, सृर्जित तिमिल्सिना, स्मृति गौतम तृतीय ठहरिए । निमावि तहतर्फ हरियो सदनका ग्रिस्मा सापकोटा, आस्था सापकोटा र आशा सापकोटा प्रथम, नीलो सदनका निष्पल केसी, प्रिन्स सुनार र एलिना श्रेष्ठ द्वितीय र रातो सदनका दिप्सन थापा, प्रिन्स गिरी र सिम्रन ढकाल तृतीय बने ।


विजेता विद्यार्थीलाई संस्थापक प्राचार्य रामबहादुर मोची र शैक्षिक प्रमुख शिबु ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमको अध्यक्षता अंग्रेजी विभागीय प्रमुख राजु पौडेलले गरेका थिए । कार्यक्रमा विद्यालयका संस्थापक प्राचार्य मोचीले यस्ता कार्यक्रमले विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखन सीपमा विकास हुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया