रेडक्रसको कविता प्रतियोगिता

समाधान संवाददाता २०८१ साउन २७ गते १३:२५

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले विपद् व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेर कास्की जिल्ला स्तरीय कविता प्रतियोगिता गरेको छ ।

Advertisement


नेपाल जुनियर सर्कल हिमाली विद्यालय पोखरा १८ भकुण्डेको व्यवस्थापनमा भएको प्रतियोगितामा कास्कीका २८ सर्कलको सहभागिता रहेको कास्की रेडक्रसका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।

‘रेडक्रस अभियान तथा विपद् व्यवस्थापनमा जुनियर युवाको भूमिका’ शीर्षकमा भएको प्रतियोगितामा विन्ध्यबासिनी मावि पोखरा १६की छात्रा नम्रता सुनार प्रथम भइन् ।


प्रतियोगितामा छोरेपाटन माविकी संस्कृति सुवेदी द्वितीय र केफ माविकी अनुषा पौडेल तृतीय भएका छन् । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलकी जोशिला अधिकारी र राष्ट्रिय माविका विश्व अधिकारीले सान्त्वना पुरस्कार पाएका छन् । प्रतियोगिताको निर्णायकमा प्राज्ञ कृष्णप्रसाद पौडेल र कवि अम्बिका भण्डारी थिए ।


बिम्बकवि रमेश श्रेष्ठले उद्घाटन गरेको कविता प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेल, पूर्व सभापति तथा विद्यालयका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, रेडक्रस कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारी, कार्यसमितिका सदस्य तथा जुनियर सर्कल संयोजक रमेशराज भण्डारी, कार्यसमितिका सदस्य बबिता सुवेदी, हिमाली भिलेजका अध्यक्ष टंक गुरुङ, विद्यालयका अध्यक्ष ध्रुवदेवी श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया