मेयर आचार्य सचिव हारे पनि पोलिटब्युरोमा भने विजयी
समाधान संवाददाता
२०८१ भदौ १३ गते १४:५८

पोखरा ।
नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ । पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ ।
मत परिणाम अनुसार पोखराका मेयर धनराज आचार्य पनि पोलिटब्युरो सदस्यमा विजयी भएका छन् । उनी सचिव पदको पनि उम्मेदवार थिए । सचिवमा पराजित उनी पोलिटब्युरोमा भने निर्वाचित हुन सफल भए । उनले १४७ मत ल्याएका छन् । खुला सचिवमा ५ जनाका लागि २६ जनाको उम्मेदवारी थियो । पोलिटब्युरोमा भने ८४ जनाका लागि १ सय ८४ जनाले उम्मेदवारी दिएका थिए ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया