नेकपा एसको बागलुङ कमिटी एमालेमा
समाधान संवाददाता
२०८१ भदौ १३ गते १६:५२

पोखरा ।
माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादी (एस) को बागलुङका सबै नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एसको जिल्ला कमिटी र केन्द्रीय नेता एमाले भित्र्याउने गरी बिहीबार बागलुङमा कार्यक्रम भएको छ । एमाले गण्डकी इन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेकपा एसका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको सिंगो टिम एमालेमा समायोजन भएको एमाले नेता इन्द्रलाल सापकोटाले जनाए । जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत पदाधिकार र सबै सदस्यहरु एमालेमा समायोजन भएको सापकोटाले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया