गण्डकी चार नवनियुक्त मन्त्रीले लिए सपथ

समाधान संवाददाता २०८१ भदौ १७ गते १४:१७

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशका चार जना एमालेबाट नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट साेमबार पद तथा गाेपनियताकाे उनीहरुले सपथ लिएका हुन् ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी, स्वास्थ्य मन्त्री कृष्ण पाठकलेले सपथ लिएका हुन् ।

जिसी नवलपुर २ (१) बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी जिसीको संसदीय भूमिका प्रभावकारी छ । पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पूराना नेता हुन् ।

बागलुङका पाठक समानूपातिक सीटबाट निर्वाचित भएका थिए । सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन् ।

Advertisement

केसी लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया