मन्त्रालय बाँडफाँडमा मनाङे असन्तुष्ट, भन्छन्-राजीनामा दिन सक्छु
समाधान संवाददाता
२०८१ भदौ १७ गते १४:५२

पोखरा ।
गण्डकी प्रदेश सरकारमा भएको मन्त्रालय बाँडफाँडमा राजीव गुरुङ ऊर्फ दीपक मनाङे असन्तुष्ट भएका छन् । भौतिक मन्त्रालय सम्हाल्दै आएका उनलाई आज सोमबारदेखि वन मन्त्रालय परेको छ । एमालेलाई सरकारमा सामेल गराउने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वनको जिम्मा दिएका हुन् ।
मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । पाण्डेले आज मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका छन् ।
मनाङेले आफू वन मन्त्रालय नलिने बरु राजीनामा गर्न सक्ने समाधानलाई बताए । उनले भने, ‘वन मन्त्रालय जान्न, बरु भाइहरुलाई दिने नि मन्त्रालय ।’

सम्बन्धित
तपाईको प्रतिक्रिया