बालेन र बडालको भिडन्त ! आक्रामक बालेन, तथ्यपरक बडाल

पोखरा ।
पछिल्लो समय काठमाण्डौ महानगर पालिकाका मेयर बालेन शाह नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा आक्रामक ढंगले प्रस्तुत भैरहेका छन् । उनले सामाजिक सञ्जालबाट ओलीमाथि आक्रमण गरिरहेका छन् भने एमालेका कार्यकर्ताले त्यसको प्रतिकार गर्दै आएका छन् ।
बालेनको प्रतिकार गर्ने एमालेका युवा मध्येका अगुवा छन् अनेरास्ववियुका अध्यक्ष समिक बडाल । बालेनले ओली लक्षित लेखेका कुरालाई समिकले तथ्यपरक ढंकले प्रतिकार गर्दै आएका छन् । यसमा एक पछि अर्को लेखाइमा बालेन कमजाेर सावित भएका छन् ।
आज पनि बालेनले प्रधानमन्त्री ओलीलाई लक्षित गरी एउटा पाेष्ट लेखेका छन् । त्यो पोष्टमा ०७६ सालमा सर्बोच्चले फैसला गर्दा ओली नै प्रधानमन्त्री भएको र अहिलसम्म किन भ्याकेटमा नगएको भन्दै फेरि काठमाण्डौका खोलाको मापदण्डमा एमालेलाई नै दोषी प्रमाणित गर्न खोजेका छन् । त्यसको जवाफ दिएर बडालले बालेनलाई फेरि ब्याकफुटमा धकेलेका छन् ।
हेरौं बालेनले आज विहान फेसबुकमा गरेको पोष्ट जस्ताको तस्तै–
बालेन–उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण ।
म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।
त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन( भ्याकेट ) गर्ने अधिकार रहन्छ ।
प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।
हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।
हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।
बालेनले यस्तो पोष्ट गरेको केही समयपछि अनेरास्ववियूका अध्यक्ष बडालले त्यसको खण्डन गर्दै बालेनले ड्रग्सको नशाको तालमा लेखेको आरोप लगाएका छन् ।
के सही के गलत छ्ट्याउन नशाबाट बाहिर निस्कनु पर्छ भन्दै उनले अदालतको पूर्ण पाठ नआएसम्म सरकार भ्याकेटमा जानै नमिल्ने र यही असार महिनामा मात्र पूर्ण पाठ आएकाले सरकार भ्याकेटमा जाने तयारीमा लागेको दावी गरेका छन् । हेरौं बडालको पाेष्ट जस्ताको तस्तै–
समिक बडाल–“भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ। न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ। काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो। जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न।
तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ—‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उड्नुभयो। यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो। अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ्।
यसअघि पनि बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर यस्तो लेखेका थिए ।
पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।
बालेनलाई जवाफ दिँदै बडालले पोष्ट गरेका थिए ।
बालेनजी!
काम पनि गर्नुस्, रणनीतिक फन्डा, बबाल र बबण्डर मात्र तपाईंको परिचय बन्यो। अस्ति आफैले मात्र हेर्न मिल्ने गरि Only me गरेर सरकारले फेसबुक पोस्ट हटायो भनेर फन्डा गर्नु भो, अब त्यही फेरि पब्लिश गर्न पनि बेर छैन । चुनाव अघिको आफ्नै २८ बुँदे घोषणा पत्र हेर्नुस् त! एउटा काम गर्नु भयो ? भत्काउनु, बबाल र बबण्डर गर्नु मात्रै तपाईंको काम भयो ।
पछि बालेनको पोष्ट फेसबुकले फिर्ता गरिदियो ।
प्रदेश सांसद रेखाकुमारी शर्माको घरमा बालश्रमिक राखेको केसमा पनि बालेन र बडाल भिडे । बालेनले सर्बोच्चले रेखालाई दाेषी ठहराएको भन्दै पक्राउ गरेर कारवाही गर्न प्रधानमन्त्री ओलीलाई चुनौति दिए भने बडालले सर्बोच्चले सांसदलाई निर्दोष ठहर गरेको दावी गर्दै फैसलाको पाठ समेत सार्बजनिक गरिदिए ।
यी दुइ युवाको सामाजिक सञ्जालमा फलोअर्स बढेका छन् । बालेनले ओलीलाई र बडालले बालेनलाई घोचिरहेका छन् । तथ्य र प्रमाणमा बालेन कमजोर र बडाल बलियो देखिएका छन् ।
तपाईको प्रतिक्रिया