पाेखराबाट पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

समाधान संवाददाता २०८१ भदौ २७ गते २०:१३

पोखरा । रकम लेनदेनको आरोप लागेपछि सांसद पद गुमाएका डा.ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्री आरोपमा पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका ढाका उक्त पार्टीबाट समेत निस्कासित भइसकेका छन् ।

Advertisement

बागलुङ बसपार्कबाट रोल्पा त्रिवेणी गापा वडा नं ७ स्थायी घर भई हाल पोखरा महानगरपालिका ४ नालामुख बस्ने वर्ष ४२ को प्रकाश थापा मगरलाई लागु औषध बिक्री गरेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साउन ३ गते पक्राउ परेका प्रकाशलाई ७ चक्की लागु औषधसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रकाश थापामगरले उक्त लागु औषध पृथ्वीचोक स्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया