गुप्तेश्वर बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पस पुरस्कार

समाधान संवाददाता २०८१ असोज ३ गते १२:२४

पोखरा ।
पोखरा–१७, छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसलाई राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशले सामुदायिक क्याम्पसतर्फ उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत गरेको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रदेश सचिव प्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया