शिक्षा

जनहितको शैक्षिक,भौतिक र आर्थिक विकासमा जयन्द्रलालले पू¥याएको योगदान

जनहित माध्यमिकले २०७६ सालदेखि प्राविधिक धारतर्फको सिभिल ईन्जिनीयरिङ विषयको कक्षा संञ्चालन

सुन्दरकुमार थकाली २०८१ असोज ४ गते २०:२६

जोमसोम—
एउँटै विद्यालयमा १५ वर्ष शिक्षण पेशा र २७ वर्ष बिद्यालय हाक्ने जिम्मेवारी सायद विरल्लै हुन्छ । यो भूमिका रहेर जिम्मेवारी पूर्वक जनहितको शैक्षिक तथा सामाजिक र आर्थिक विकाशमा ४२ वर्षसम्म योगदान दिने सामाजिक व्यक्तित्व हुन् घरपझोङ—४ जोमसोम, मुस्ताङका जयन्द्रलाल थकाली । थकाली र उनको टिमकै कारण जनहित माध्यमिक विद्यालय जोमसोमको शैक्षिक भविष्य माथि उठेको हो ।
निस्वार्थभावले सेवामा समर्पित हुन सके समाज र राष्ट्रले उचित मूल्यांकन गर्छ भन्ने दृढ आत्म विश्वाश लिएका जयन्द्र अब विद्यालयको सबै जिम्मेवारीबाट बिश्राम लिने मनसायमा छन् ।जयन्द्रकै कुशल नेतृत्वमा जनताको छोराछोरी पढ्ने सदमुकामको सरकारी सामुदायिक जनहित माध्यमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित गरिसकेका छन् ।
२०११ सालमा स्थापना भएको जनहित माध्यमिक विद्यालयको शुक्रबार आयोजित ७० औं वार्षिकोत्सव समारोहमा जयन्द्र निकै भावुक र मलिन देखेन्थे । किनकी उनी विद्यालयको सबै जिम्मेवारीबाट पन्छदै विद्यालयको नेतृत्व बागडोर नयां पुस्तालाई हस्तान्तरण गर्ने योजनामा छन् । यसैका खातिर उनी विद्यालयको वार्षिकोत्सव कार्यक्रममा आफु नेतृत्वको टिमले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पू¥याएको सम्पूर्ण योगदानको बेलिबिस्तार सुनाए ।
जयन्द्रलाल थकालीले जोमसोमको जनहित माध्यमिक विद्यालयमा १५ वर्ष शिक्षण पेशा गरे । जनहितको २०२७ सालको पहिलो एसएससी ब्याजमा पहिलो एसएलसी परीक्षा उर्तिण गरेका जयन्द्रलाल २०२८ सालमा उक्त विद्यालयमा शिक्षक बने । उनले त्यहाँ २०४३ सालमा अध्यापन गरे । आफै पढेको विद्यालयमा आफै शिक्षक हुँन पाउदा जयन्द्र भाग्यमानी सम्झन्थे । जिल्लामै पढेर जिल्लाकै स्कुल र त्यसमाथि आफै पढेको स्कुलमा पढाउने अवसर पाउदा उनमा केही गरौ भन्ने शैक्षिक हुटहुटी नजाग्ने कुरौ भएपनि । जहाँ गएपनि पढाउने पर्नेमा आफ्नै घर आगनको जनहित स्कुलमा पढाउन पाउदा आफैले अब्बल शिक्षकको रुपमा प्रमाणित गर्न चाहन्थे । त्यसैका कारण उनले शिक्षण पेशा बाहेक अन्य पेशातर्फ ढक्लिने सोच बनाएनन् ।
जयन्द्रकै समकालिन तथा बर्तमान नेतृत्वको अगुवाईले मुस्ताङका कठिन परिस्थितीका गरिव,विपन्न,असाहाय र सिमान्तकृत परिवारका बालबालिकाहरुले उच्च तहसम्मको शिक्षा जिल्लामा हासिल गर्न सक्ने अवस्था बनेको छ । जयन्द्रलाल थकालीले शिक्षण अध्यापन अवकासपछि २०५४ सालदेखि हालम्मि जनहित स्कुल हाक्ने बागडोर सम्हाल्ने पुगे । उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि २०५८ सालमा दुर्गमका १८ जिल्ला मध्ये एसएससी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलमा तत्कालिन सरकारले नगद ५० हजार पुरस्कारसहित जयन्द्रलाललाई सम्मानित गरेको थियो ।

Advertisement

२०६६ देखि २०६८ सालसम्म लगातार ८० प्रतिशत भन्दा बढी विद्यार्थी उर्तिण गर्न सफल भएकोमा शिक्षा विकास निर्देशानालय गण्डकीबाट विद्यालय नगद पुरस्कारसहित पुरस्कृत भयो । २०७६ सालमा पालिका स्तरमा उत्कृष्ट विद्यालय पुरस्कार पायो । यस्तै २०८० को एसईई परीक्षामा जिल्लामै उत्कृष्ट भएकोमा शिक्षा विकास निर्देशानालयले पुरस्कृत ग¥यो ।
जयन्द्रलाल नेतृत्व विद्यालयले एसएलसी परीक्षा उर्तिण गरेका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पोखरा÷काठमान्डौ धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै २०६१ सालमा कक्षा ११ र १२ को कक्षा संञ्चालन गरे । त्यसपछि २०७० सालमा समिति गठन गरेर विद्यालयको आन्तरिक कोषको रकम धरौटी राखेरै भएपनि जोमसोममा जनहित बहुमुखी क्याम्पस स्थापना गरे । उनले अर्थ संकलनको लागि धार्मिक महायज्ञ समेत चलाए । अहिले जोमसोम बहुमुखी क्याम्पसमा ब्याचलर सम्मको पढाई हुने गरेको छ । गरिवका छोराछोरीले जिल्लामै पढेर भविष्य निर्माण गरुन् भन्ने उद्देश्यका साथ उनले विद्यालयको शैक्षिक स्तरवृद्धि तर्फ योगदान गरेका हुन् ।
जिल्लाकै एकमात्रै जनहित माध्यमिकले २०७६ सालदेखि प्राविधिक धारतर्फको सिभिल ईन्जिनीयरिङ विषयको कक्षा संञ्चालन गर्दैआईरहेको छ । विद्यालयमा सैद्धान्तिक शिक्षाका अलावा व्यवहारिक तथा सिपमूलक शिक्षा आजको आवश्यकता महशुस गर्दे जयन्द्रलालले जनहितमा सिभिल कक्षा भित्र्याएका हुन् । जयन्द्र नेतृत्व र विद्यालयको पहलमा २०७६ सालमा जनहित स्कुल नमूना विद्यालयमा सरकारद्वारा सुचिकृत भएसंगै जनहित स्कुलको शैक्षिक स्तर झनै माथि उकासियो ।
जयन्द्रको नेतृत्व कार्यकालमा नमूना विद्यालयमा सूचिकृत भएपछि चम्किएको जनहित विद्यालयमा फिजिक्स ल्याव, क्यामेस्ट्री ल्याव,बायोलोजी ल्याव, कम्प्युटर लनिङ ईन्भाईरोमेन्ट सेन्टर, कम्प्युटर ल्याव र ईन्जिनीयरिङ वर्कसप लगायतका शैक्षिक प्रयोगशाला संञ्चालन हुन सकेको जयन्द्र बताउँछन् ।
उनको २७ वर्षिय कार्यकालमा जनहित स्कुल जामसोममा प्रशासनिक भवन, ४ वटा द्ध.छात्रा÷छात्रा छात्रवास भवन निर्माण,चौकीदार भवन, फराकिलो खेलमैदान,विद्यालय प्राङ्गणमा छप्पनी ढुंगा बिच्छ्याउने कार्य लगायत विभिन्न छात्रवृद्धि तथा शैक्षिक सहायता कोष स्थापना भईसकेको छ । जसका कारण कठिन परिथिती विपन्न गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक पठन पाठन ठुलो टेवा पुगेको छ ।
२०५४ सालमा जयन्द्रलाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको कोषमा १ लाख ३७ हजार मौज्याद थियो । तर ,उनी अध्यक्ष भएपछि विद्यार्थीको आर्थिक विकासमा समेत योगदान दिए । उनले विद्यालयको भौतिक पूर्वाधार विकासमा ३७ लाख ५० हजार रुपैया खर्चिदै हाल विद्यालयको कोषमा ९० लाख रुपैया आर्थिक मौज्याद रहेको उल्लेख गरे ।
जनहित स्कुलको ७० औं वार्षिकोत्सको उद्घाटन गर्दै संविधान सभा सदस्य चन्द्रबहादुुर गुरुङले जनहित स्कुलले शैक्षिक,भौतिक र आर्थिक विकासमा महत्वपूर्ण छलाङ मारेको विश्लेषण गरे । ‘विद्यालय हाक्ने नेतृत्व राम्रो भयो भने विद्यालयको सबै पक्ष सवल हुन्छ, त्यो भूमिका जयन्द्रलाल सफल हुनुभयो,संविधान सभा सदस्य गुरुङले भने, उहाँको बहिरगमनपछि नया नेतृत्वले त्यसलाई कायम राख्ने चुनौति थपिएको छ, अब विद्यालयको थप शैक्षिक विकास मार्ग पछ्याउन सक्नुपर्ने हुन्छ ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया