शिक्षक नायकलाई प्राथमिक उपचार तालिम

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले शिक्षक नायकहरुका लागि आधारभूत प्राथमिक उपचार तालिम दिइएको छ ।
अन्नपूर्ण गाउँपालिकामा भएको तीन दिने तालिममा कास्कीका सबै पालिकाका २३ जना शिक्षक नायकको सहभागिता रहेको रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी दिए । तालिममा रेडक्रस सोसाइटी कास्कीका पूर्व सदस्य राजेशकुमार घिमिरे, कार्यालय प्रमुख खड्का, नवराज भण्डारी, मित्रलाल सुवेदी र सुदीप पौडेलले सहजीकरण गरेका छन् ।
‘प्राथमिक उपचारसँगै खेलकुद’ भन्ने नाराका साथ भएको तालिमको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । अध्यक्ष केसीले प्राथमिक उपचारको तालिमको विस्तार गरे सवारी दुर्घटना, प्राकृतिक विपद्का घटनाका बिरामीको ज्यान जोगाउन सकिने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीमा सभापति डण्डराज शर्मा पौडेल, कोषाध्यक्ष सन्तोष अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ, रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्य तथा जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारी, कार्यसमितिका सदस्य बविता सुवेदी, भगवती माविका शिक्षक नायक कृतिराज ढकाल लगायतले प्राथमिक उपचार दिवसको बारेका बोलेका थिए ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा जिल्ला स्तरीय आवासीय विपद् व्यवस्थापन प्रशिक्षण कार्यक्रम भएको छ । युवा रेडक्रस सर्कल माछापुच्छ्रे मावि माछापुच्छ्रे ७ धम्पुसको व्यवस्थापनमा भएको प्रशिक्षणमा कास्कीका युवा रेडक्रस सर्कल तथा संरक्षक शिक्षक नायक, सहनायकको सहभागिता रहेको थियो । कार्यक्रममा रेडक्रसका प्रशिक्षकहरु लक्ष्मण कोइराला, मोहनसिंह खड्का, नवराज भण्डारी, शर्मिला धमलाले सहजीकरण गरेका छन् ।
प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरेको कार्यक्रममा माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, कार्यवहाक मन्त्री रमा न्यौपाने कोइराला, कार्यसमितिका सदस्यहरु रमेशराज भण्डारी, सुवास अधिकारी, डिल्लीराम बराल, सामुदायिक विकास समितिका सदस्य तथा शिक्षक नायब बुद्धिबहादुर मिजार लगायतले विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिकाबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया