विश्व फर्मासिस्ट दिवसमा हाजिरीजवाफ प्रतियोगिता

समाधान संवाददाता २०८१ असोज ६ गते १२:२८

लेखनाथ । गण्डकी विश्व विद्यालयमा नेपाल फर्मास्युटिकल एसोसियसन गण्डकी प्रदेशको आयोजना र विश्व फर्मासिस्ट दिवसको अवसरमा पारी गण्डकी प्रदेशस्तरीय फार्मासिस्ट हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

प्रतियोगितामा पोखरा विश्वविद्यालयको समूह क प्रथम स्थान हासिल गर्न सफल भएको छ भने पोखरा विश्वविद्यालयकै समूह ख दोस्रो र गण्डकी विश्वविद्यालयको समूह ख तृतीय भएको थियो । विजेता समूहहरुले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुका साथै विजेता पोखरा विश्वविद्यालयले यो वर्षको रनिङ सिल्ड आफ्नो नाममा पार्न सफल भएको छ ।

विश्वविद्यालयमा औषधी विज्ञानमा स्नातक तह अध्ययन गर्दै गरेका ४ वटा विश्वविद्यालय पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको गण्डकी मेडिकल कलेज, पूर्वाञ्चल विश्वविद्यालयको नोबेल एकेडेमी सहित ७ वटा समूहले प्रतियोगितामा भाग लिएका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले फार्मेसी पेसालाई अझ मर्यादित गर्दै फार्मासिस्टको हकहित र संरक्षणमा नेपाल फर्मास्युटिकल एसोसिएसन सँधै प्रतिवद्ध रहेको पाएको बताए ।
पोखरा विश्वविद्यालयको स्वास्थ विज्ञान संकायका डिन डा. अमर नागिला, गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (जिपास्ट) का कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी, नेपाल फार्मेसी परिषद्का सदस्य अमृत थापा लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम संयोजक वरिष्ठ फर्मासिस्ट प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनले पेशाको हकहितका लागि धेरै मिहिनेत गरिरहेको र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू ल्याउने उनले बताए ।

Advertisement

संस्थाका प्रदेश उपाध्यक्ष नवराज बास्तोलाले स्वागत गरेको कार्यक्रममा एसोसिएसनको इतिहासबारे संस्थाका सदस्य अमृता अधिकारीले प्रस्ट पारिन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विजय त्रिपाठी र कार्यक्रम संयोजक सदस्य युवराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया