नेकपा एमाले पोखरा ७ को शुभकामना आदानप्रदान

समाधान संवाददाता २०८१ कार्तिक १३ गते १४:१४

पोखरा । नेकपा एमाले पोखरा ७ ले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement


कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताउदै यी चाडपर्व कुनै धर्म जाति विषेश नभइ सबै नेपालीको साझा पर्व रहेको बताउनु भयो । जनताको विकास र सुशासनको चाहना पूरा गर्न देशको दुइ ठूला दल एक ठाउँमा उभिएको बताउदै यो काग्रेस एमाले सरकार २०८४ सालको चुनाव सम्मै रहने बताउनु भयो । पछिल्लो समय पुराना पार्टीलाई भिडमार्फत विस्तापित गर्न सकिन्छ कि भनेर दुस्प्रयास भएको भन्दै राजतिक दल पुरानो नहुने जनताको विश्वासले अनुमोदित हुने बताउनु भयो ।


एमाले प्रदेश कमिटि सदस्य नवराज शर्माले नेतृत्व गर्नेहरुले अब आवरण होइन आचारण अनि भाषण होइन शासन सुधार्न जरुरी रहेको बताउनुभयो । एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारीले पछिल्लो समय केही पनि भएको छैन भन्ने भाष्य निमार्ण गर्न खोजिएको भन्दै सहिदको त्याग र आन्दोलनबाट प्राप्त उपलब्धिले थुपै्र विकास निमार्णका काम भएको तर सुशासनको पाटोलाई भने लोकतन्त्रले छुन नसकेकोले यसलाई सुधारेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

एमाले पोखरा महानगर अध्यक्ष जीवन आचार्यले पोखरेलीको अर्बौ पैसा डुवेको अवस्थामा कानुनलाई भिडबाट नियन्त्रणमा लिने गलत काम भएको बताउदै लामो इतिहास बोकेका दलहरु चुनावमा स्वच्छ प्रतिष्पर्धा गर्दै देशको हितमा सधै एकजुट भएको स्मरण गराउदै पछिल्लो समय नयाँ भनिएका दलहरुले दुश्मनको रुपमा लिदै आफु मात्र ठिक अरु सबै बेठिकका भन्ने गलत धारण राख्ने गरेको बताउनु भयो ।

नेपाली काग्रेस पोखरा ७ का सभापति नविन राज बरालले हाल व्यप्त आर्थिक घोटालाले देशलाई उधो गति तर्फ धकेलेको बताउदै देशको ढुकुटीलाई मजबुत बनाउन स्थानिय तहबाटै सुधार हुदै जानुपर्ने बताउनुभयो ।

Advertisement

वडाको तर्फबाट शुभकामना दिँदै पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले पोखरालाई समृद्घ बनाउन सबै सामाजिक संस्था तथा राजनितिक पार्टीको ठूलो भूमिका हुने बताउनुभयो ।


समाजसेवी डण्डराज शर्माले चडपर्वले आपसी एकतालाई मजबुत बनाउन सकोस भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा पोखरा ७ भित्रका विभिन्न राजनितिक पार्टीका नेता , सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी एवम बुद्वीजीवीको उपस्थिति थियो ।

नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया