वौद्द धर्मगुरु रिन्पोचेद्वारा सहारा आधारभूत विद्यालयमा खाजा वितरण

समाधान संवाददाता २०८१ मंसिर २ गते १६:३४

पोखरा । पोखराको सहारा बाल आधारभूत विद्यालयमा जन्गचोब चोइलिङ् गुम्बा हेम्जाका वौद्द घर्म गुरु दुपसिङ् रिन्पोचेको जन्मदिनको अवसर पारेर विद्यालयका विद्यार्थीहरुलाई २ दिनको लागि खाजा वितरण गरेका छन् ।

Advertisement

विद्यालयको खाजा समय पारेर सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै गुरु स्वयम् उपस्थित नभएपनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाउनुभएकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन् ।

विद्यालयमा अध्ययन गर्ने २६० जना विद्यार्थीहरुलाई खाजा प्रदान गरि जन्म उत्सव मनाउने पुण्य काममा सहभागी हुन पाउँदा निकै खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले व्यवस्थापन गरि विद्यालयलाई माया गर्ने गुम्वा परिवारलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रम समापनका क्रममा विद्यालयका अध्यक्ष विक्रम थकालीले गुरुको आशिर्वाद शिरोपर राख्दै उहाँले विभिन्न समयमा सहयोगका प्रस्ताव गर्दा सहर्ष स्वीकार गरि सहयोग गर्नुहुने गुरुप्रति नमन व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरे । सोहि क्रममा उपस्थित जनप्रतिनिधि नन्दराम गिरि, विद्यालयका व्यवस्थापन समिति सदस्य ठाकुर प्रसाद काप्री, सल्लाहकार विष्णु प्रसाद सुवेदी, सहारा क्लबका पूर्व अध्यक्षहरु विरभद्र आचार्य, हरिराम गुरुङ (सुरज), सहारा क्लब पोखराका मानर्थ सदस्यहरु मुछेत्र गुरुङ र लोक बहादुर गुरुङ, गुम्वाबाट आउनुभएका गुरुहरु, शिक्षक, विद्यार्थीहरु सवैलाई धन्यवाद व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया