ग्रेस इन्टरनेशनल पोखराले ‘एडुभर्स २०२४’ गर्ने

पोखरा ।
नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल पोखराले यहि मंसिर ६ गते महेन्द्रपुलको आफ्नो भवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेला गर्ने भएको छ ।
विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि ग्रेसइन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ नेपालमा रहेका आफ्नो शाखाहरुमासंचालन गर्दैछ ।
मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्युजिल्याण्ड, क्यानडा, दुबई, दक्षिणकोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाकाप्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने ग्रेसइन्टरनेशनल पोखराका संस्थापक निर्देशक प्रदिप कुमार लम्सालले जानकारी दिए ।
मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेषअवसरहरू प्राप्त गर्न सक्ने उनको भनाइ छ । साथै मेलामा आउने सबै बिद्यार्थीहरुलाई मिडटाउन सिनेमाको ६ महिना अबधि भएको टिकट पनि उपलब्ध गराउने लम्सालले बताए ।
इटहरीबाट सुरु हुने मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ माचितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ माबुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाईआफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्शउपलब्ध गराउने लक्ष्य राखेको छ ।
विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दीपेन्द्रसिंह ऐरीले पनि अधिकांश सहरकामेलामा उपस्थिति जनाउनेछन् । ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्नेअपेक्षा गरिएको छ ।
ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ । विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठितविश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता रविश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् ।
आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई योअवसरको सदुपयोग गर्न आह्वान गरेको छ । मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्ने लम्सालले बताए ।
तपाईको प्रतिक्रिया