पोखरा बहुमुखी क्याम्पसले वार्षिकउत्सव मनाउने

समाधान संवाददाता २०८१ मंसिर ९ गते १२:१८

पोखरा ।
पोखरा ९ शान्तिवनमा रहेको पोखरा बहुमुखी क्याम्पसले ३८ औं वार्षिकउत्सव मनाउने भएको छ । विविध सप्ताहव्यापी कार्यक्रम गरी क्याम्पसले वार्षिकउत्सव मनाउन लागेको हो ।

Advertisement


क्याम्पसले स्थापना दिवस मंसिर १४ गते हरेक वर्ष साधरणसभा तथा वार्षीकउत्सव कार्यक्रम गर्दै आइरहेको छ ।
आइतबारदेखि वार्षीकोत्सव पूर्वसन्ध्याका सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन गरिएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताइन् ।


विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने, नेतृत्व तथा व्यक्तित्व विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पराजुलीले बताइन् ।


आइतबार निबन्ध लेखन प्रतियोगिता, आन्तरिक भलिबल प्रतियोगिता, सोमबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र सचेना दिइने, मंगलबार सरसफाइ, बुधबार रक्तदान, बिहीबार कविता वाचन प्रतियोगिता र शुक्रबार अन्तिम दिन वार्षीकोत्सव मूल समारोह आयोजना गरिने क्याम्पसले जनाएको छ ।


समारोहमा विद्यार्थी, शिक्षक, भूपू विद्यार्थी, क्याम्पस प्रशासन, सञ्चालक समिति लगायत स्थानीय सामाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवि, क्याम्पसको सर्वागीण विकासमा सहयोग गरेका चन्दादाता, अक्षयकोष स्थापक लगायतक सरोकारवालाको उपस्थिती रहने छ ।

Advertisement


सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाइ पुरस्कार प्रदान, सम्मान तथा छात्रवृति वितरण पनि गरिने क्याम्पसले जनाएको छ ।

तपाईको प्रतिक्रिया