पोखरा बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता

समाधान संवाददाता २०८१ मंसिर १३ गते १४:१६

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा बिहीबार कविता वाचन कार्यक्रम भएको छ । यसअघि निबन्ध प्रतियोगिता लगायत अन्य कार्यक्रम भएको थियो ।

Advertisement


१४ गते शुक्रबार क्याम्पसले ३८ औं साधरणसभा तथा वार्षिकोत्सवको मुल समारोह आयोजना गरेको छ । उक्त समारोह सफलता पुर्वक सम्म्पन्न गर्न विभिन्न कार्यक्रमहरु गरिएको क्याम्पसले जनाएको छ ।


कविता प्रतियोगितामा १२ जना विद्यार्थीले भाग लिएका थिए । निबन्ध प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी थिए । उनिहरुले प्रकृति, वातावरण संरक्षण, सामाजिक विभेद, शिक्षा, स्वास्थ्य लगायतका विषयमा निबन्ध तथा कविता लेखेका थिए ।


प्रतियोगिताको मुल्यांकन प्राध्यापकहरु अनुपमणी अधिकारी, आइतकुमारी गुरुङ र बिदुर पराजुलीले गरेका हुन् । प्रतियोगिताको नतिजा वार्षिकोत्सवको मुल समारोहमा गरिने निर्णायक मण्डलले जनाएको छ ।


वार्षिकोत्सव पूर्वसन्ध्याकै बेला क्याम्पसले व्यवस्थापन विभाग प्रमुख प्राध्यापक दिपक घिमिरेको संयोजकमा रक्तदान कार्यक्रम र मानविकी विभाग प्रमुख पुष्पराज अधिकारीको संयोजकमा सरसफाइ कार्यक्रम गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया