सृजना बहिरा माविमा जलवायु परिवर्तन अभिमुखीकरण

समाधान संवाददाता २०८१ मंसिर १४ गते १६:५९

पोखरा ।
नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा २६ स्थित सृजना बहिरा आवासीय माविमा जलवायु परिवर्तन सम्बन्धी छलफल तथा अन्तक्र्रियासहित अभिमुखीकरण कार्यक्रम शुक्रबार भएको छ ।

Advertisement


कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उदघाटन गरे । प्रमुख पौडेलले जलवायु परिवर्तनका कारण समग्र पृथ्वी खतरामा परेको हुँदा सचेत र जागरुक हुनुपर्ने बताए । पौडेलले अभिमुखीकरण मार्फत विद्यार्थीहरूमा चेतना जगाउन कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रधानाध्यापक सुनीलकुमार भण्डारी, नेपाल स्काउट गण्डकीका सुशासन तथा वित्त आयुक्त गंगाधर बराल, स्काउट गण्डकीका कार्यकारी समिति सदस्य अनिता राई, स्काउट गण्डकीका सदस्य सचिव विजय पौडेलसहितले जलवायु परिवर्तन न्यूनीकरण विषयमा आ आफ्नो भनाइ राखेका थिए । नेपाल स्काउट गण्डकी प्रदेशका सभापति सागर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया