बिआरआईका कारण सरकार ढल्दैन : उपप्रधानमन्त्री सिंह

समाधान संवाददाता २०८१ मंसिर १५ गते १७:२५

पोखरा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का कारण सरकारले नढल्ने बताएका छन् ।

Advertisement

नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले बिआरआई परियोजनामा छलफल गरी अघि बढ्ने बताउँदै यसका कारण सरकार हेरफेर नहुने प्रष्ट्याएका हुन् । ‘प्रधानमन्त्रीको चिन भ्रमणका समयमा बिआरआईको विषयमा धेरैले चासोका साथ जिज्ञासा राख्ने गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बिआरआईका सम्बन्धमा ऋणका लागि ऋण लिदा गाह्रो भएकाले अनुदानमा जाँदा राम्रो हुन्छ भने कांग्रेसले जोड दिएको छ ।’ बिआरआईको बारेमा दलहरु बिच सल्लाह गरी साझा एजेण्डा बनाएर अघि बढ्ने सहमती भएकाले राजनैतिक स्थायित्व चाहियो भन्ने जनताको आवाज सुनेर बनेको सरकारमा कुनै उतारचढाव नआउने उनको भनाइ थियो ।

बिआरआईअन्तर्गत अर्थतन्त्र र विकास (भौतिक पूर्वाधार) लाई आधार मानेर आयोजना छनोट गरिनुपर्ने उपप्रधानमन्त्री सिंहले बताए । २ ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उल्लेख गरे ।

सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए । ‘सहकारीको विषयमा भन्नुपर्दा यहाँ कस्तो छ भने एकथरीलाई केही गर्नैहुदैन । अरुलाई चाँही कुनै पेपर वा सामाजिक सञ्जालमा आएको विषयलाई यो ठूलै केस हो भन्ने भ्रम फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘जुनसुकै पार्टीको जो सुकै भएपनि नेता कार्यकर्ता भएपनि एउटै नियम हुन्छ । प्रक्रियामा जाँदा बायसनेस भयो हामीलाई मात्र ग¥यो भनेर भएन नि त ।’ सरकारीको मुद्दामा ६ सय भन्दा बढीलाई जेलमा राखेर अनुसन्धान भइरहेकाले कुनै एक पार्टीको नेता धुनेर प्रतिशोध साँधेको भन्नु गलत भाष्य प्रचार गरिएको उनले सुनाए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको पनि जानकारी दिए । ‘पोखरा एअरपोर्ट अन्तर्राष्ट्रिय उडान हुनका लागि नागरिक उडड्यान प्राधिकरण अन्तर्गतको मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तारै उडान सुरु भइसकेको अवस्थामा पोखरामा पनि सुरु गर्नेमा कसैको फरक मत छैन् ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ऋणमा बनेकाले यसलाई अनुदानमा परिणत गर्नका लागि प्रयास गरिरहेको उनले बताए ।
आईतबार हुने स्थानीय तहको उप निर्वाचनका लागि नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै लड्नुपर्छ भनेर मुख्यमुख्य पालिकामा त्यसको सुरुआत गरेको उपप्रधानमन्त्री सिंहले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया