सय दिने अभियानका लागि कास्की कांंग्रेसले खटायो प्रतिनिधि

पोखरा । नेपाली कांग्रेस कास्कीले कास्कीमा पार्टीको सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ ।
कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार, अभियानका क्रममा गर्नुपर्ने कामका बारेमा सोमबार कार्यक्रम गरी अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अभियानका कास्की प्रतिनिधि गोविन्द भट्टराईले पार्टी विचार र सिद्वान्तले चल्ने बताए । कांग्रेसले मात्र देश र जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।
कास्की कांग्रेसले जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँपालिका सभापतिहरुको संयुक्त बैठक बसेर सुझाव संकलन गरी प्रतिनिधि खटाएको हो । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले बताए । ‘अभियान प्रभावकारी रुपमा सञ्चालन हुन्छ, सभापति बरालले भने, ‘अभियानले पार्टी शशक्त बनाउन ठूलो सहयोग गर्ने छ ।’
तपाईको प्रतिक्रिया