रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदैं

समाधान संवाददाता २०८१ मंसिर २६ गते १२:०२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवमं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदैंछ ।

Advertisement


वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लामिछानेलाई वीरगञ्ज लगिएको थियो ।


मंगलबार सकिएपछि आज (बुधबार) सिमरा विमानस्थलबाट बुद्ध एयरबाट काठमाडौं लैजान लागिएको हो ।
काठमाडौं ल्याएपछि उनलाई पोखरा ल्याइनेछ ।


वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया