हिसान गण्डकीमा डा‍ शर्माको नेतृत्व

समाधान संवाददाता २०८१ मंसिर ३० गते ८:०४


पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको अध्यक्षमा कास्कीका डा‌ रामजी शर्मा निर्वाचित भएका छन् ।

Advertisement

संस्थाको शनिबार पोखरामा भएको दोस्रो अधिवेशनबाट डा शर्मा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुन् । उनी पोखराको न्यु ग्यालेक्सी स्कुलका संस्थापक हुन् ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा नवलपुरका छविलाल कँडेल, उपाध्यक्षमा धौलागिरीका बालकृष्ण शर्मा, सचिवमा कास्कीका डिल्लीराम अधिकारी, सहसचिवमा कास्कीका अशोक शाही, कोषाध्यक्षमा कास्कीका टुबराज बास्तोला, सहकोषाध्यक्षमा स्याङ्जाका दीपक शर्मा मरासिनी निर्वाचित भए ।

सदस्यमा नवलपुरका लक्ष्मण कँडेल, धौलागिरिका सुदर्शनकुमार श्रेष्ठ, कास्कीका पम्फा गुरुङ, विशेश्वर आचार्य, नारायण न्यौपाने र अर्जुनप्रसाद पाण्डे छन् ।

Advertisement

तपाईको प्रतिक्रिया