छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले आयोजना गरेको खुला चित्रकलामा सम्भवी पहिलो

समाधान संवाददाता २०८१ मंसिर ३० गते १९:०८

पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले आयोजना गरेको खुला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा सम्भवीले बनाएको चित्र उत्कृष्ट ठहरिएको हो ।

Advertisement

निर्णायक कलाकार नगेन सिं ठकुरीले जलवायु परिवर्तनका असर र चुनौतीबारे विद्यार्थीले बनाएको चित्र उत्कृष्ट रहेको जनाए । कक्षा ८ की अनुष्का पंगेनी दोस्रो र कक्षा १२ का सुवित गिरी तेस्रो बने ।

पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक छविलाल पनेरुले बताए । नगेन आर्ट एकेडेमीले उत्कृष्ट ३ जनालाई एकेडेमीमा २५ प्रतिशत छुट दिने भएको छ ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्च अध्यक्ष कृष्ण रानाभाट, सदस्य गणेश जिसी, विजय पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया