एग्बोसा अध्यक्षमा दोहोरिए प्रद्मुम्न केसी

समाधान संवाददाता २०८१ पुष ८ गते १८:२९

पोखरा । गण्डकी बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थी संगठन ‘एग्बोसा’ को अध्यक्षमा प्रद्मुम्न केसी चयन भएका छन् ।

Advertisement

संस्थाको शुक्रबार पोखरामा भएको १५औं साधारणसभा तथा अधिवेशन पुस ६ भएको अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सिए उभेककुमार श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन र संस्थाका सचिव रविचन्द्र गुरुङले सचिवको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन सभाबाट सर्वसम्मतले पारित भएको थियो । उक्त सभाले ऐतिहासिक “एग्बोसा विधान–२०४८’ उपर प्रस्ताव गरिएको पुनरलिखित विधान ‘एग्बोसा विधान–२०८१’ पारित गरेको छ ।

२ सत्रमा गरिएको कार्यक्रममा पहिलो सत्र १५औँ साधारणसभा, र दोस्रो सत्र अधिवेशन थियो । उक्त साधारण सभाको सञ्चालन संस्थाका सहसचिव इन्जिनियर सञ्जय भण्डारीले गरेका थिए । संस्थाकी उपाध्यक्ष माधवी नेपाल थापाले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् ।

संस्थाका अग्रणी सदस्य विष्णुदेव पराईको संयोजकत्वमा सदस्यहरु डा.पविन थापा र नारायण बराल सहित गठन भएको तीन सदस्यीय निर्वाचन समितिले अधिवेशनका चरणबद्ध कार्यहरु सम्पन्न गरेका थिए ।संस्थाका अध्यक्ष प्रद्मुम्न केसीको सभापतित्व एवं गण्डकी बोर्डिङ स्कुलका प्राचार्य डा. विश्व युधीर पौडेल घर्तीको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया