विन्ध्यवासिनी माविमा पत्रकारिता अभ्यास

समाधान संवाददाता २०८१ पुष १० गते १२:२८

पोखरा ।
पोखरा १६, बाटुलेचौरमा अवस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीले विद्यालयमा समाचार लेखनको अभ्यास गरेका छन् । कक्षा १० को नेपाली विषयमा रहेको व्यावहारिक ज्ञान अन्र्तगत समाचार लेखनको अभ्यास गरेका हुन् ।

Advertisement


विद्यालयका नेपाली विषय शिक्षक भेषराज पौडेलले विद्यार्थीलाई चार समूहमा विभाजन गरी समाचार लेखनको तरिका सिकाउँदै समाचार संकलन गर्न पठाएको जनाए ।

विद्यार्थीले विद्यालयका प्रधानाध्यपक, पुस्तकालय सहायक, ग्रेड टिचिङ सह इन्चार्जलगायतसँग विद्यालयका विविध गतिविधिसँग सम्बन्धित प्रश्न सोधी समाचार तयार पारेको विद्यालयका सहायक प्रअ पौडेलले बताए ।

तपाईको प्रतिक्रिया