न्यु लाइट स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष ११ गते १२:०५

लेखनाथ ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका आचार्यले संस्थागत विद्यालयहरुले नेपालको धन विदेशिनबाट जोगाएको बताएका छन् । पोखरा ३० शिशुवामा रहेको न्यु लाइट बोडिङ स्कुलको ३३ औं वार्षिकोत्सव, अभिभावक भेला एवं पुरस्कार वितरण समारोमा यस्तो जनाएका हुन् ।

Advertisement


विद्यालयले उत्पादन गरेका जनशक्ति त्रिभुवन विमानस्थलमा लाइन लाग्न नभई उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयमा लाइन लाग्ने विश्वास व्यक्त गरे । शिक्षकहरुले पनि आधुनिक प्रविधि एआइको माध्यमबाट शिक्षण सिकाइलाई परिस्कृत गर्न उनले सुझाव दिए ।

उनले भने, ‘मेरो परिवर्तनले देश परिवर्तन हुन्छ भन्ने सोच राखेर विद्यार्थीले अध्ययन गर्नुपर्छ ।’ नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेश अब्बल रहेको दाबी गर्दै आचार्यले गण्डकी प्रदेशले योगध्यान र प्रणायामबाट विद्यार्थी र अभिभावकलाई एकै साथमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।


हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्थले न्यु लाइटले पढाइका अलवा हरेक क्षेत्रमा छुटटै पहिचान बनाउन सफल भएको बताए । पोखरा ३० का वडा सदस्य विनोद लामिछाने, हिसान कास्की अध्यक्ष दिवादर जैसी, विद्यालय व्यवस्थापन समिति सल्लाहकार मित्रलाल सापकोटा, विद्यालय निर्देशक समिति उपनिर्देशक बुद्धिप्रसाद बास्तोला, अभिभावक शिवराज सुवेदी, विद्यालयका प्राचार्य ढाकाराम कँडेल, विद्यार्थी स्मृति अछामी र सहायक प्रधानाध्यापक अरुणचन्द्र सुवेदीले कार्यक्रममा बोलेका थिए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २०७९ र २०८० मा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया