हेचर नेपालको न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग

समाधान संवाददाता २०८१ पुष १८ गते १२:३७

पोखरा ।
हेचर नेपाल नवलपुरले बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ३, कोखेघाटमा रहेको जनप्रिय आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री सोमबार वितरण गरेको छ । २५ जना विद्यार्थीलाई न्यानो कपडा विद्यालयमा लगाउन मिल्ने ट्याक सुट, कापी, पेन्सिल, झोलासहित शैक्षिक सामाग्री सहयोग गरेको हो ।

Advertisement


गण्डकी प्रदेशका सांसद दमयन्ती रूचालले विद्यालयमा सहयोग गरेकोमा हेचर नेपाललाई कृतज्ञता व्यक्त गरिन् । यस्ता विद्यालयमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले विद्यालयको दुईकोठे भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट समेत पारेकी छन् ।


हेचर नेपाल नवलपुरका अध्यक्ष रामराज पंडितले हेचर नेपालले शिक्षा, स्वास्थ्य क्षेत्र साथै पिछडिएको बस्ती, गरिब, दलित तथा जनजातिहरुलाई सहयोग गरिहेको बताए । ‘जाडोमा कामिरहेका विद्यार्थीलाई न्यानो बनाउन र केही नयाँ कापी, कलमले विद्यार्थी भाइबहिनीहरूको मनोबल बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने ।


कार्यक्रममा बिनयी त्रिवेणी पालिकाका अध्यक्ष घनश्याम गिरी, बिनयी त्रिवेणी पालिकाकै शिक्षा अधिकृत भूपराज पाण्डे, हेचर नेपालका सचिव तिर्थ कंडेल, सहसचिव बासु गिरी, कोषाध्यक्ष कोपिला पौडेल, सदस्य मुनादेवि लम्साल, बिण्णु पंडित, व्यवस्थापक अनिशा बंशी ठकुरी लगायतको उपस्थिति थियो ।


हेचर नेपाल नवलपुरले जिल्ला अस्पताल, रेडक्रस र विभिन्न विद्यालय तथा क्याम्पसहरूमा सहयोग गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुरासिंह पुलामीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक अमर खण्डलुकले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया