कालिका आधारभुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

समाधान संवाददाता २०८१ पुष १८ गते १५:४१

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं ३२ मजुवा स्थित कालिका आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । पोखरा १६ तल्लो दीप निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् ।

रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने बताइएकाे छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।


अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आएका छन् । उनी शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया