छोरेपाटन मावि ४७ वर्षमा

समाधान संवाददाता २०८१ पुष १८ गते २०:५४

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रम गरी मंगलबार मनाइएको छ । वार्षिकोत्सव गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे ।

Advertisement

उनले सरकारी विद्यालयमध्ये छोरेपाटनले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, सल्लाहकार तीर्थराज अधिकारी, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, संविधानसभा सदस्य वृन्दा राना, उपसचिव वसन्तराज पौडेल, अभिभावक मनकाजी कार्र्की, देवराज आचार्य, विक्रम गुरुङ, नूरबहादुर विक, शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्री, विद्यार्थीहरु श्रेया लामिछाने र सोहन कार्कीले बोलेका थिए ।

कार्यक्रममा विव्यसका पूर्वअध्यक्ष खड्गबहादुर शाही, पूर्व विव्यस सदस्य छविलाल पौडेल, पूर्व प्रधानाध्यापक क्षेत्रबहादुर कुवँर, म्याराथुनमा पाँचौं स्थान प्राप्त गर्ने छात्रा नारायणी भण्डारी, हरि लम्साल स्मृति छात्रवृत्तिकी संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारीहरु ईन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल, रमेश पौडेल, शिक्षक रमा वाग्ले र विद्यार्थी सलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापकहरु डेभिजफल युवा क्लब र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दिव्येश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, सोभिता अधिकारी, कुमारी लक्ष्मी शर्मा, लीलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी, रोहित बराल, कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल, लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा, विद्यामति भुसाल, राधिका आचार्य, रेखा केसी, माधव पहारी, महादेव पौडेल, नारायण थापा, डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको छ ।

खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट प्रथम एलिसा गुरुङको समूह, दोस्रो रुपेनी राईको समूह, तृतीय विशेषता राईको समूह र चौथौ प्रिन्सस थापाको समूह पुरस्कृत भएका थिए भने विज्ञान प्रदर्शनीको ११÷१२ तर्फ प्रथम क्याथोड रेट्युब, दोस्रो मेडिसिनल हब्र्स, तृतीय रोल अफ रिन्युएबल इनर्जि र सान्त्वना व्याक्टेरियोफेजले पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement

कक्षा ६–१० तर्फ प्रथम मिलिटर भेइकल, दोस्रो, कजेज अफ पोलुसन, तृतीय रोर्वट र सान्त्वना वाटर डिस्पेन्सरले प्राप्त गर्न सफल भएका थिए । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यालयका विपन्न १० विद्यार्थीलाई पोसाकको व्यवस्था गरेको छ । सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन लेखा अधिकृत छविलाल पनेरुले प्रस्तुत गरेका थिए । विद्यालयको मुखपत्र ज्योत्स्ना पनि समारोहमा सर्वजनिक गरिएको छ ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममासहायक प्रधानाध्यापक खेमराज बराल ध्रुव र मेघनाथ पौडेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया