एमाले पोखरा १९ मा कोमलप्रसाद बास्तोला

समाधान संवाददाता २०८१ माघ ४ गते १८:३१

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १९ को अधिवेशनले कोमलप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेकोे छ । अधिवेशन भएको करिब एक महिनापछि कमिटीले नेतृत्व पाएको हो ।

Advertisement

सर्वसम्मतको प्रयास असफल भएपछि भएको निर्वाचनमा प्रत्यासी विकास गौतमलाई २३ मतान्तरले पराजित गर्दै बास्तोला अध्यक्ष निर्वाचित भए । बास्तोलाले १ सय ५२ मत ल्याउँदा गौतमले १ सय २९ मत प्राप्त गरे । उपाध्यक्षमा दुर्गादेवी गौतम बस्नेतलाई हराउँदै गीता भट्टराई भण्डारी विजयी भइन् ।

भण्डारीले १ सय ५२ मत र गौतमले ९४ मत मात्र प्राप्त गरिन् । सचिवमा हरिबहादुर वरुवाललाई हराउँदै विकासकुमार आचार्य निर्वाचित भए । वरुवालले १ सय १७ मत र आचार्यले १ सय ६२ मत प्राप्त गरेका छन् । दुई उपसचिवका लागि ३ जनाको उमेद्वारी परेकोमा नवराज केसी १ सय ८९ मत, राजकुमार गहतराज १ सय ७१ मत ल्याई विजयी भए भने अर्का प्रत्यासी राजबहादुर भण्डारीले १ सय ४७ मत प्राप्त गरे ।
५१ सदस्यीय कमिटी बनाउन सक्ने प्रावधान भए पनि ३१ सदस्यीय कमिटी बनाउने तयारी निर्वाचित समितिले गरेको छ । सचिवमा निर्वाचित आचार्य, उपाध्यक्षमा पराजित गौतम र उपसचिवमा निर्वाचित केसी जनप्रतिनिधि पनि हुन् । ३ सय ८० मतदाता रहेकोमा २ सय ८४ मतमात्रै खसेको थियो ।

तपाईको प्रतिक्रिया