अल्फा बोर्डिङ स्कुलमा अंग्रेजी हिज्जे

समाधान संवाददाता २०८१ माघ ११ गते १९:०९

पोखरा । लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहकार्यात्मक शैक्षिक साझेदारीका विद्यालयहरुबिच आधारभूत तह (कक्षा ६( ८) स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ । कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता थियो ।

Advertisement

कार्यक्रम विद्यालयका सह—प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो । शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्रीको निर्णायक मण्डलको भूमिकामा थिए । कार्यक्रममा बाल प्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय र अल्फा बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भए ।

सभापति सुरेन्द्र मानसिंह भण्डारीले विद्यार्थीहरुको भाषिक सिप विकास गर्नका साथै उनीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको अहं भूमिका रहने भएकाले आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्ने कुरामा जोड दिए । आयोजक विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षता एवं प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया