कास्की अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै रवि लामिछाने निवेदन दर्ता गरे

समाधान संवाददाता २०८१ माघ १४ गते १४:०६
फाइल फोटो

पोखरा ।

Advertisement

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्।

जिल्ला अदालतले रविसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछानेले साधारण तारेखमा पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका हुन् ।

लामिछानेको निवेदनमा मंगलबार एकल इजलासले प्रारम्भिक आदेश दिनेछ। यसअघि उच्च सरकारी वकिलको कार्यालयले पनि जिल्ला अदालतको आदेशविरुद्ध थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गरेको थियो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यो आदेशप्रति असहमति जनाउँदै उच्च सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरेको छ।

Advertisement

लामिछाने जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् । सूर्यदर्शन प्रकरणमा ६३ जनाविरुद्ध १ अर्ब ५१ करोड रुपियाँ बिगो दाबी गरिएको मुद्दा हाल विचाराधीन छ।

तपाईको प्रतिक्रिया