हिलसाइडमा स्काउट दीक्षान्त

समाधान संवाददाता २०८१ माघ १६ गते १८:३८

पोखरा । हिलसाइड इङ्लिस स्कुल पोखरा मालेपाटनमा हिलसाइड स्काउट ट्रुप २०८१ ब्याचलाई दीक्षित गरिएको छ । समारोहमा आधिकारिक रूपमा पदोन्नति भएका ३२ स्काउट विद्यार्थीलाई सम्मान गरियो ।

Advertisement

१६ सदस्यले उनीहरूको समर्पित सेवा र विभिन्न स्काउटिङ गतिविधिहरूमा सक्रिय सहभागिताको लागि ब्याज अपग्रेड प्राप्त गरे । हिलसाइड स्काउट ट्रुपका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराईले दीक्षान्तले स्काउटहरूका लागि नयाँ यात्राको सुरुवातलाई गर्ने उल्लेख गरे ।

नेपाल स्काउट गण्डकी प्रदेशका प्रमुख सागर पौडेलले जिम्मेवारीमा जोड दिँदै इमानदारी, जीवनभर सिकाइ र सामुदायिक सेवाको महत्वबारेमा स्पष्ट पारे पारे । उनले स्काउटहरूलाई आदर्श बन्न र दैनिक जीवनमा स्काउटिङका आदर्शलाई कायम राख्न प्रोत्साहित गरे ।

कार्यक्रममा स्काउट शिक्षकद्वय मीनप्रसाद सुवेदी र प्रतीक्षा खनाल, आडिल भट्टराई र आयुषा अधिकारीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया