गण्डकीका पूर्वमुख्यमन्त्री अधिकारीद्वारा देउवासँग भेट, सहकारी समस्या समाधानबारे छलफल

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का नेता खगराज अधिकारीले सोमबार बिहान भेट गरेका छन्। देउवाको पोखरामा चारदिने बसाइका क्रममा अधिकारीले भेट गरी सहकारी अभियान र यससँग जोडिएका समस्याका विषयमा छलफल गरेका छन् ।
अधिकारीले भेटबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। भेटवार्तामा सहकारी क्षेत्रका वर्तमान समस्या समाधानका उपायहरूमाथि छलफल भएको थियो । सहकारी सञ्चालनमा देखिएका चुनौती हटाउन सरकारले ल्याएको अध्यादेशका उपलब्धिलाई स्वागत गर्दै सहकारी सञ्चालकहरूले देउवालाई धन्यवाद व्यक्त गरेको अधिकारीले बताए ।
कार्यक्रममा सञ्चालकहरूको कार्यकाल र बचतको सीमा सम्बन्धी विषयमा छलफल हुँदा देउवा सकारात्मक देखिएको छन्। सहकारीका बाँकी समस्या समाधानका लागि देउवा र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुवै सकारात्मक भएकाले समाधानको आशा गरिएको छ।
तपाईको प्रतिक्रिया