गण्डकी प्रदेश स्थापना दिवस

प्रदेशको नामकरण गर्नेलाई धन्यवाद

समाधान संवाददाता २०८१ माघ २२ गते १२:२२

बिन्दु पौडेल
प्रदेशसभा सदस्य, राप्रपा

Advertisement


गण्डकी प्रदेश सभामा राप्रपाकोतर्फबाट सांसद हुँदा हर्षित छु । यो प्रदेशलाई गण्डकी नामकरण गर्ने पूर्व माननीयहरु धन्यवादको पात्र हुनुहुन्छ । हामीले देखेको विकृति र विसंगतिलाई सदनमा जनताको आवाज राख्नुपर्छ र त्यो गर्दै आइरहेको पनि छु । त्यो पूरा हुँदै गएको जस्तो पनि लागेको छ । सरकार ढल्ने र अर्को बन्ने प्रक्रिया धेरै भयो । अब चाहिँ दिगो रुपले नै यो सरकार चुनावसम्म जाओस भन्ने शुभकामना छ । जनताका आवाजलाई चाहिँ हामी जोडदार उठाउने छौं ।


अबको बाँकी जुन समय छ । त्यो समयमा नमुना प्रदेश बन्न सकोस् । अहिलेसम्म ७१ वटा कानुन बनिसके । अहिले ५/६ वटा विधेयक तयार भएका छन् । ती आएका विधेयक माथि पक्कै छलफल हुनेछ । विगत र वर्तमानसम्म आइपुग्दा अहिलेसम्म गण्डकी प्रदेशमा जेजे भयो ती सबै ऊर्जाशील कुरा छन् । म हिजो कर्णाली प्रदेशमा जाँदा पनि गण्डकी प्रदेशले राम्रो गरेको त्यहाँ भन्नुभयो । मलाई खुसी लागेको छ । अझ हामीले प्रचार गर्न सकेनौ कि भन्ने पनि लाग्यो । हामी माननीय दलका मात्र भयौं अब दल भन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । अबका दिनमा पनि यसै अनुसार मेरो भूमिका देख्न पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया