बिएनएससी ६औं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबलमा सहभागी हुने

समाधान संवाददाता २०८१ फागुन २ गते १९:५२

टोरन्टो । टोरन्टोस्थित नेपाली सामुदायिक क्लब ब्रदरहुड नेप्लिज स्पोर्ट्स क्लब (बिएनएससी) ले यस वर्ष पनि ६औं फिर्दोस नाबीजादा मेमोरियल कप फुटबल प्रतियोगिता मा सहभागिता जनाउने भएको छ। क्यानडा सकरद्वारा मान्यता प्राप्त यो प्रतियोगिता फेब्रुअरी १७ मा आयोजना हुनेछ।

Advertisement

क्लबका प्रवक्ता अमृत वस्ती का अनुसार, बीएनएससीलाई पुनः यो ऐतिहासिक अवसर प्राप्त हुनु गौरवको विषय हो। प्रतियोगितामा क्यानडियन लिग तथा लिगा वन मा खेलिसकेका अनुभवी खेलाडीहरूले समेत भाग लिने भएकाले प्रतिस्पर्धा उच्चस्तरको हुने अपेक्षा गरिएको छ। बिएनएससीका प्रशिक्षक प्रकाश जङ शाह ले खेलाडीहरू तयारी अवस्थामा रहेको बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिता ओन्टारियो सकरको इन्डोर एरिनामा खेलाइनेछ। बीएनएससीका अध्यक्ष सुशान्त राउत का अनुसार, यो प्रतियोगिता ओन्टारियो राज्यकै प्रतिष्ठित खेलहरूमध्ये एक भएकाले नेपाली समुदायको प्रतिनिधित्व गर्नु क्लबका लागि गर्वको कुरा हो।

क्यानडामा नेपाली समुदायबीच फुटबलको लोकप्रियता बढ्दै गएको छ। विभिन्न नेपाली क्लबहरूले आफ्नै स्तरमा प्रतियोगिताहरू आयोजना गरिरहेका छन् भने बीएनएससी जस्ता क्लबहरू अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत प्रतिनिधित्व गर्न सफल भइरहेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया