पोखरा आदर्श सेकन्डरीका विद्यार्थी लक्षित २ दिवसीय कार्यशाला

पोखरा । विद्यार्थीमा खोज तथा अनुसन्धानका माध्यमबाट वैयक्तिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा आदर्श सेकन्डरी स्कुल, बगर–१, पोखराले ‘समकालीन नेपाली अर्थतन्त्र र विकास’ शीर्षकमा २ दिवसीय कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा ३० विद्यार्थीले दृश्य सामग्रीसहित आधुनिक प्रविधिको उपयोग गरी प्रस्तुति राखे ।
विद्यायका निर्देशक नारायण न्यौपानेले यस प्रकारको विद्यार्थीहरूको सक्रिय सहभागितामा हुने नवीनतम सिकाइ अभ्यासले उनीहरूको बुझाइ दिगो हुने जनाए । प्रदीप सुनारको नेतृत्वमा तुलसी रिमाल, रितु अधिकारी, जमुना ठडराई र अनिशा पाध्यायले ‘नेपालको अर्थतन्त्र र विकासः एक अध्ययन’ शीर्षकमा प्रस्तुति दिएका थिए । सलिना जैसीको नेतृत्वमा सुजन अधिकारी, मोहित गिरी र दीर्घबहादुर नेपालीले ‘नेपालको विदेश नीति तथा नेपाल–भारत र नेपाल–चीन सम्बन्ध’ शीर्षकमा आफ्नो प्रस्तुति दिए ।
राहुल परियार, आयुषा बास्तोला र आयुषा अधिकारी सहभागी रहेको रोहित कुवरको नेतृत्वमा ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध’ शीर्षकमा आफ्नो प्रस्तुति दिए ।
सुशांक बास्तोलाको नेतृत्वमा घनश्याम लामिछाने, सुदीप विके र उत्सव पौडेलले ‘नेपालको वैदेशिक व्यापार’ शीर्षकमा आफ्नो धारणा राखे । पाँचौं समूहले नेपालको वैदेशिक रोजगार नीतिसम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । ‘नेपालको वैदेशिक रोजगार नीति’ शीर्षकमा उमा रानाको नेतृत्वमा निशान सुवेदी, सुनित शाही र रोजिता लामाले प्रभावकारी प्रस्तुति दिएका थिए ।
छैटौं समूहले आर्थिक वृद्धि, मानव विकास र दिगो विकासबारे चर्चा गरे । विजय पुनको नेतृत्वमा मनिषा कँडेल र सुशील शर्मा सहभागी रहेको यो समूहको प्रस्तुतिको शीर्षक ‘आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा’ थियो ।
‘नेपाली गरिबी चक्र र सम्बोधनका उपायहरू’ शीर्षकमा सुशील भण्डारीको नेतृत्वमा निकिता केसी, दिपेश तिमिल्सिना, दीपा हमाल र सुशान्त सुनारले अन्तिम प्रस्तुति दिएका थिए ।
गोष्ठीमा अर्थशास्त्र तथा सामाजिक अध्ययनका विषय विज्ञहरू भोलानाथ अर्याल र कुशल तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । अर्यालले शिक्षण प्रक्रियामा अनुसन्धानात्मक शिक्षण पद्धति साँच्चै प्रभावकारी र अनुकरणीय रहेको महसुस गरेको बताए ।
गोष्ठीमा उत्कृष्ट प्रस्तुति दिने प्रदीप सुनार, सुशील भण्डारी र रोहित कुवरलाई पुरस्कृत गरियो ।
तपाईको प्रतिक्रिया